कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने ५५९ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले २४ घण्टामा १३ जनाको मृत्यु प्राप्त भएको जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार १ सय ५ पीसीआर र एन्टिजेन परीक्षण भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको पीसीआर र एन्टिजेन परीक्षणमा थपिएका ५५९ नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १ सय ३८ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म २ लाख ७४ हजार १ सय ६५ जना संक्रमित निको भएका छन् ।

मुलुकभर ८५ जना क्‍वारेन्टाइनमा र ३ हजार ३ सय ६ जना आइसोलेसनमा रहेका छन् । हालसम्म २३ लाख १७ हजार २ सय ८४ पीसीआर परीक्षण भएका छन् ।

प्रकाशित : चैत्र ३०, २०७७ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?