नेकपा एमालेको दसौँ महाधिवशेन आयोजक कमिटी बैठक वैशाखमा

काठमाडौँ — नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक वैशाखमा बस्ने भएको छ । 

नेकपा एमालेको दसौँ महाधिवशेन आयोजक कमिटी बैठक वैशाखमा

६ गतेलाई बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । उनका अनुसार बैठकमा सांगठनिक र समसामयिक विषयमा छलफल हुने छ ।

चैत ७ गते बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको बाह्रौं बैठकले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको थियो । बैठकले २६४ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाएको थियो ।

सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि एमालेका तीनवटा केन्द्रीय कमिटीका बैठक बसेका थिए । तर, तीनवटै बैठक माधवकुमार नेपाल पक्षले बहिष्कार गरेको थियो । सोही बैठकले नेपाल सहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेर पनि उनीहरुलाई ६ महिनासम्मका लागि निलम्बन समेत गरिसकेको छ ।

प्रकाशित : चैत्र ३०, २०७७ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?