काठमाडौँ — सत्तारुढ नेकपा (एमाले)को विवाद बढ्दै गइरहेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका गतिविधिसँग असन्तुष्ट वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले देशभर समानान्तर कमिटी गठन प्रक्रियालाई तीव्रता दिएको छ ।
खनाल-नेपाल पक्षले मंगलबार वाग्मती प्रदेशमा समानान्तर कमिटी घोषणा गरेको छ । उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा वाग्मती प्रदेश कमिटी र वाग्मती प्रदेश मातहतका जिल्लाका कमिटीलाई पनि पूर्णता दिएको छ । जसमा जिल्ला इन्चार्ज र जिल्ला कमिटीका पदाधिकारीको टुंगो लगाएको छ ।
अध्यक्ष ओलीले शाक्यलाई वाग्मती प्रदेश इन्चार्जबाट हटाएर नेकपा (माओवादी केन्द्र) छोडेर एमालेतिर लागेका रामबहादुर थापालाई उक्त जिम्मेवारी दिएका थिए ।
खनाल-नेपाल पक्षले बागमती प्रदेशका सबै जिल्लामा समानान्तर कमिटी गठन गरेको हो ।
हेर्नुहोस् सूचीः
