१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

२४ घण्टामा नेपालमा थपिए १७६ कोरोना संक्रमित

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा १७६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार आइतबार थपिएका १७६ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ९ सय ४४ पुगेको हो । पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५६ पीसीआर परीक्षण भएका छन् ।

२४ घण्टामा नेपालमा थपिए १७६ कोरोना संक्रमित

यस्तै, २४ घण्टामा ११७ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार २ सय ४० जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३२ पुगेको छ । त्यस्तै १ हजार ६ सय ७२ जना आइसोलेसनमा र ५७ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २२ लाख ८५ हजार २ सय ८८ पीसीआर परीक्षण भएका छन् ।

प्रकाशित : चैत्र २२, २०७७ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?