ओलीले बोलाए एमाले संसदीय दलको बैठक

चैत्र १२, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । मुख्य सचेतक विशाल भट्टराईले शुक्रबार दिउँसो ३ बजे बालुवाटारमा  बैठक बोलाइएको जानकारी दिए । 

बैठकमा छलफलका लागि खासगरी तीन एजेण्डा तय भएको भट्टराईले बताए । ‘विकास निर्माणका योजना कसरी समेट्ने भन्ने विषयमा सांसदहरुबाट सुझाव लिने, चालु प्रतिनिधिसभा बैठकको अधिवेशन कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुन्छ । अर्को, दललाई एक ढिक्का बनाएर कसरी लैजान सकिन्छ भनेर छलफल हुन्छ,’ भट्टराईले भने । 

तर, यसअघि झलनाथ खनाल–माधवकुमार नेपालपक्षले दलको बैठक बालुवाटारमा बोलाएको भन्दै बहिष्कार गरेको थियो ।  शुक्रबार बिहान खनाल-नेपाल समूहले पनि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

एमाले

कान्तिपुर

Link copied successfully