भागरथीको भजाइनल स्वाबको डीएनए अभियुक्तसँग मिल्यो : प्रहरी- समाचार - कान्तिपुर समाचार

भागरथीको भजाइनल स्वाबको डीएनए अभियुक्तसँग मिल्यो : प्रहरी

भागरथी हत्या प्रकरण
तृप्ति शाही

बैतडी — बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी प्रकरणमा अभियुक्तको डीएनए रिपोर्ट आएको छ । बिहीबार आएको रिपोर्टमा अभियुक्तको डीएनए र मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनए मिलेको प्रहरीले दाबी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा डीएनए मिलेको बताए । 'अभियुक्त र मृतकको डीएनए रिपोर्ट मिलेपछि अनुसन्धान प्रक्रिया सहज ढंगले अगाडि बढ्ने भएको छ,' उनले भने ।

गत माघ २१ गते विद्यालय गएकी भागरथीको बलात्कारपछि हत्या भएको थियो । बलात्कार र हत्याको आरोपमा पक्राउ परेका अभियुक्त दिनेश भट्टलाई जिल्ला अदालत बैतडीको आदेश पछि पुर्पक्षका लागि बालसुधार गृह डोटीमा राखिएको छ ।

प्रकाशित : चैत्र १२, २०७७ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्

पत्रकार मिश्र सम्मानित

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य मन्त्रालयले कान्तिपुर दैनिकका प्रमुख उपसम्पादक अतुल मिश्रलाई सम्मान गरेको छ ।

पत्रकारिताका माध्यमले क्षयरोग नियन्त्रणमा योगदान गरेको भन्दै मन्त्रालयले विश्व क्षयरोग दिवसको अवसरमा बुधबार मिश्रलाई सम्मान गरेको हो ।

राष्ट्रिय क्षयरोग तथा एचआईभी नियन्त्रण केन्द्र र स्वास्थ्य मन्त्रालयले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा डा. दीर्घसिंह बम, डा.शरतचन्द्र बम, डा.सुभेशराज कायस्थ, डा.नर्वदालाल मास्के, डा. टाडो सिमाओ, लेखनाथ खतिवडा, शंकरप्रसाद भण्डारी, वसन्तमान श्रेष्ठ, देवदत्त जोशी, सुमनचन्द्र ठाकुर, तोयानाथ शर्मा, लक्ष्मण बसौलालाई पनि सम्मान गरिएको थियो ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. अनुज भट्टचनका अनुसार क्षयरोगले मुलुकमा हरेक दिन ४७ जनाको मृत्यु भइरहेको छ । यस्तै क्षयरोगबाट दिनमा १ सय ४९ जना बिरामी हुने गरेका छन् ।

प्रकाशित : चैत्र १२, २०७७ १४:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×