कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रदेश २ मा ओली समूहले संसदीय दलको नेता दाबी गर्ने

सन्तोष सिंह

धनुषा — नेकपा एमाले ओली समूहका प्रदेश सांसदहरुको बैठकले संसदीय दलको नेता दाबी गर्ने निर्णय गरेको छ । एमाले संसदीय दलका नेता सत्यनरायण मण्डल रहेकोबारे प्रदेशसभाका सभामुखलाई जानकारी गराउने ओली समूहका प्रदेश सांसदहरुले निर्णय गरेको छ ।

प्रदेश २ मा ओली समूहले संसदीय दलको नेता दाबी गर्ने

सोमबार जनकपुरमा ओली समूहका प्रदेश सांसदहरुको बैठकले नेकपा संसदीय दलका नेता शत्रुधन महतोको सेवा सुविधा तत्कालै फिर्ता लिएर एमाले संसदीय दलको नेता सत्यनरायण मण्डल रहेको जानकारी गराउने निर्णय गरेको ओली समूहका प्रदेश सांसद शारदादेवी थापाले बताइन् ।

'अदालतले पार्टी ब्युँताएकाले संसदीय दलको नेतामा निर्वाचित मण्डल नै रहेको सभामुखलाई जानकारी गराउने निर्णय भएको छ', सांसद थापाले भनिन्,'बैठकबाट दलको नेताबारे प्रदेशसभा संसद् सचिवालय र सभामुखलाई जानकारी गराउने जिम्मेवारी दलका नेता सत्यनारायण मण्डललाई तोकिएको छ ।’ सभामुख सरोजकुमार यादव जनकपुर बाहिर रहेका कारण उनी फर्किएपछि उनलाई पत्र बुझाउने छौं', उनले भने ।

प्रदेश सांसद किशोरी साहको निवासमा भएको बैठकमा ओली समूहको बैठकमा ७ जना प्रदेश सांसद उपस्थित भएका थिए । प्रदेश सांसदहरु सत्यनारायण मण्डल, लगनलाल चौधरी, किशोरी साह, शारदादेवी थापा, जगतारण साह सुडी, त्रिलोकी प्रसाद र डा. मनोज सिंह सहभागी भएका थिए ।

एमाले दुई समूहमा विभाजन भएपछि नेताहरु गुटको बैठक र छलफलमा लागेका छन् । ओली समूहले प्रदेश २ मा संसदीय दलको नेता बन्न प्रदेश सांसद रिझाउन भेटघाट भन्दै सांसदहरुलाई बोलाएका छन् । प्रदेशसभामा एमालेको २१ जना सांसदमध्ये बहुमतका लागि ११ जना सांसद चाहिन्छ ।

एमालेको २१ सांसदमध्ये १३ जना नेपाल पक्षमा रहेको प्रदेश सांसद बेची लुंगेलीले दाबी गरिन् । 'ओली समूहमा मात्र ८ जना सांसद छन्', उनले भनिन् । प्रदेशमा बहुमत रहेकोले तत्काल कुनै बैठक बस्ने योजना नरहेको बताउँदै केन्द्रको भेला पछि प्रदेश स्तरको बैठक हुने उनले बताइन् ।

प्रदेशसभामा प्रमुख प्रतिपक्ष एमाले र विपक्षी दल माओवादीको एकतापछि नेकपाको संसदीय दलका नेता सत्यनरायाण मण्डल सर्वसम्मत भए पनि नेकपा विवादपछि मण्डललाई हटाएर शत्रुधन महतोलाई नेता बनाइएको छ । अदालतले एमाले र माओवादीलाई ब्युँताएपछि एमाले संसदीय दलका नेताका लागि ओली समूहले प्रदेश सांसद रिझाउन थालेका छन् । प्रदेशसभामा ओली समूहभन्दा नेपाल समूह मजबुत अवस्थामा छ ।

नेपाल समूहमा गोविन्द न्यौपाने, अशोक यादव, प्रमोद यादव, मदनसेन श्रीवास्तव, शत्रुधन महतो, मञ्जुकुमारी, बेची लुंगेली, डिल्ली उप्रेती, रवीन्द्र बैठा, हसिमा खातुन, नागेन्द्र राय, शुन्दर विश्वकर्मा र सीता गुरुङ खुलेका छन् ।

प्रकाशित : चैत्र २, २०७७ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?