काठमाडौँ — नेकपा एमालेको माधवकुमार नेपाल समूहले काठमाडौंमा उपलब्ध सांसद र केन्द्रीय कमिटी सदस्यहरूको भेला बोलाएको छ ।
सोमबार अध्यक्ष केपी शर्मा ओली पक्षसँग भएको छलफलका बारेमा ब्रिफिङ गरिने केन्द्रीय सदस्य झपट रावलले जानकारी दिए । नयाँ बानेश्वरस्थित एक होटेलमा ४ बजेपछि सुरु हुने भेलामा आगामी रणनीतिबारे छलफल हुने पनि रावलले बताए ।
सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा ओली पक्ष र नेपाल समूहबीच वार्ता भएको थियो । नेताहरूले वार्ता सकारात्मक भएको दाबी गरे पनि निष्कर्षमा भने पुग्न सकेको छैन । दुवै पक्ष आ-आफ्ना अडानमा रहेको नेताहरूले बताएका छन् ।
सम्बन्धित समाचार
फागुन २८ का निर्णय सच्याउनुस् : नेपाल, ओलीले भने- सच्याउन सकिँदैन
