ओलीसँगकाे वार्तामा नेपालले भने : २८ गतेको बैठक वैधानिक छैन

चैत्र २, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीसँगकाे भेटमा फागुन २८ गतेको बैठक वैधानिक नभएको र त्यसलाई शून्य अवस्थामा पुर्‍याउनु पर्ने कुरा राखेको बताएका छन् ।

पार्टी विवाद उत्कर्षमा पुगेपछि दोस्रो तहका नेतासहित ओली र नेपाल पार्टी कार्यालय धुम्बाराहीमा सोमबार छलफल छलफलबाट बाहिरने क्रममा नेता नेपालले पार्टीभित्र पक्ष विपक्ष भएपनि आफूहरु एउटै पार्टी भएको बताए ।

'हामी एउटै हौं', उनले भने, 'पूर्व एमाले जुन स्थानमा थियो संरचनाको हिसाबले पदाधिकारी, सदस्यहरुको हिसाबले फर्कौं । २८ गतेको बैठक वैधानिक छैन । त्यसलाई शून्य अवस्थामा पुर्‍याइदिऔं ।' 

पार्टीभित्रका विवाद आगामी दिनमा बसेर छलफल गरेर समाधान गर्ने उनले बताए । 

एमाले

कान्तिपुर

Link copied successfully