३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

ओली-नेपालबीच धुम्बाराहीमा छलफल सुरु

काठमाडौँ — पार्टी विवाद उत्कर्षमा पुगेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहितका नेताहरू पार्टी मुख्यालय धुम्बाराहीमा छलफलमा जुटेका छन् । उनीहरूबीच सोमबार बिहान करिब साढे ११ बजेबाट छलफल सुरु भएको हो ।

ओली-नेपालबीच धुम्बाराहीमा छलफल सुरु

यसअघि ओलीले नेपाललाई बालुवाटारमै भेट्न बोलाएका थिए । तर नेपालले पार्टी कार्यालयमा समूहगत रुपमा छलफल गर्ने भनेपछि ओली धुम्बाराही जान राजी भएका हुन् ।

सोमबार बिहान ओलीले बालुवाटारमा एमाले नेताहरुका लागि चियापान कार्यक्रमको तयारी गरेका थिए । चियापानपूर्व नेताहरुबीच भेटवार्ता भएको हो ।

छलफलमा ओली समूहबाट महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवालीसहितका नेताहरू सहभागी छन् भने नेपाल समूहबाट भीम रावल, रघुजी पन्त, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत सहभागी छन् ।

स्रोतका अनुसार नेपालले एक्लै भेट्न नमानेपछि दुवै पक्षका दोस्रो तहका नेतासहितको छलफल डाकिएको हो ।

ओली पक्षले चैत ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ भने चैत ४ र ५ गते नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।

सर्वोच्च अदालतले फागुन २३ गते एमाले ब्युँताइदिएपछि एमालेका नेताहरुबीच टकराव उच्च थियो । ओलीले २८ गते बालुवाटारमा आफू पक्षीय नेताहरुको बैठक बसेर नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेपछि विवाद झन् चर्किएको थियो । नेपाल समूहले आइतबार निर्वाचन आयोग पुगेर ओलीको निर्णय आधिकारिक नभएको भन्दै पत्र बुझाएको थियो ।

तस्बिरहरू : अंगद ढकाल र प्रधानमन्त्रीको निजी सचिवालय

प्रकाशित : चैत्र २, २०७७ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?