२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

प्रतिनिधिसभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित भएको छ । बुधबारको बैठकमा प्रतिनिधिसभा सदस्य तथा पूर्वसदस्यहरूको निधनमा शोक प्रस्ताव पारित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले चैत ३ गते १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन् । 

प्रतिनिधिसभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित

बुधबार प्रधानमन्त्री केपी शर्मा ओली फर्किएपछि संसद् सचिवालयले बुधबारको बैठकको कार्यसूची परिवर्तन गरेको छ । प्रधानमन्त्री ओली संसद् बैठक सुरु हुनुअघि नै संसद् भवनबाट बाहिरिएका थिए ।

यसअघि बुधबार बस्ने बैठकलाई विभिन्न दलका नेताहरूले सम्बोधन गर्ने कार्यसूची भए पनि प्रधानमन्त्री ओली फर्किएपछि परिवर्तन गरिएको हो । यसअघिको कार्यसूचीमा विभिन्न अध्यादेशहरु टेबल गर्ने र शोक प्रस्ताव पारित गर्ने उल्लेख थियो ।

यसअघि आइतबारको संसद् बैठक पनि ढिला सुरु भएको भन्दै प्रधानमन्त्री ओली करिब ४० मिनेट बसेर बाहिरिएका थिए । बुधबार प्रधानमन्त्री बाहिरिएसँगै संसद् भवनमा उपस्थित भएका अधिकांश मन्त्रीहरू पनि बैठक छाडेर हिँडेका छन् ।

प्रकाशित : फाल्गुन २६, २०७७ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?