नेत्रविक्रम चन्द नवलपरासीबाट सोझै बालुवाटार आउँदै

प्रधानमन्त्री ओलीसँगको भेटघाटपछि मात्रै राष्ट्रिय सभामा हुने कार्यक्रममा सहभागी हुने

फाल्गुन २१, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा महासचिव नेत्रविक्रम चन्द नवलपरासीबाट सोझै प्रधानमन्त्री निवास बालुवाटार आउने भएका छन् ।

चन्द बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मात्र राष्ट्रिय सभा गृहमा आयोजना हुने कार्यक्रममा सहभागी हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ‘चन्दजी सीधै बालुवाटार आउने कार्यक्रम छ । बालुवाटार आएपछि प्रधानमन्त्रीजीलाई भेट्नुहुन्छ र त्यसपछि राष्ट्रिय सभा गृहमा हुने कार्यक्रममा जाने योजना छ,’ थापाले भने ।

शुक्रबार दिउँसो २ बजेपछि राष्ट्रिय सभा गृहमा चन्द नेतृत्वको नेकपा र सरकारबीच बिहीबार भएको सहमतिको विस्तृत विवरण सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री ओली र चन्दले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् । 

करिब २ वर्षदेखि भूमिगत रहेका चन्द बिहीबार राति नवलपरासीमा सार्वजनिक भएका थिए । सहिद परिवारलाई भेटेर उनी काठमाडौं आउँदै छन् । 

चन्द समूह

कान्तिपुर

Link copied successfully