३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

नेत्रविक्रम चन्द नवलपरासीबाट सोझै बालुवाटार आउँदै

प्रधानमन्त्री ओलीसँगको भेटघाटपछि मात्रै राष्ट्रिय सभामा हुने कार्यक्रममा सहभागी हुने
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा महासचिव नेत्रविक्रम चन्द नवलपरासीबाट सोझै प्रधानमन्त्री निवास बालुवाटार आउने भएका छन् ।

नेत्रविक्रम चन्द नवलपरासीबाट सोझै बालुवाटार आउँदै

चन्द बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मात्र राष्ट्रिय सभा गृहमा आयोजना हुने कार्यक्रममा सहभागी हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ‘चन्दजी सीधै बालुवाटार आउने कार्यक्रम छ । बालुवाटार आएपछि प्रधानमन्त्रीजीलाई भेट्नुहुन्छ र त्यसपछि राष्ट्रिय सभा गृहमा हुने कार्यक्रममा जाने योजना छ,’ थापाले भने ।

शुक्रबार दिउँसो २ बजेपछि राष्ट्रिय सभा गृहमा चन्द नेतृत्वको नेकपा र सरकारबीच बिहीबार भएको सहमतिको विस्तृत विवरण सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री ओली र चन्दले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् ।

करिब २ वर्षदेखि भूमिगत रहेका चन्द बिहीबार राति नवलपरासीमा सार्वजनिक भएका थिए । सहिद परिवारलाई भेटेर उनी काठमाडौं आउँदै छन् ।

प्रकाशित : फाल्गुन २१, २०७७ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?