चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोला रिहा

‘कम्युनिस्टहरूबीच पार्टी एकता हुन सक्छ’ 

फाल्गुन २१, २०७७

नगेन्द्र अधिकारी

काभ्रे — सरकार र नेत्रविक्रम चन्द  नेतृत्वको नेकपाबीच वार्ता भएर ३ बुँदे सहमति भएपछि सो पार्टीका नेता कार्यकर्ता रिहा हुन थालेका छन्  ।

संगठित अपराध, आगजनीलगायतका मुद्दामा ११ दिन देखि जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा रहेका पार्टीका सचिवालय सदस्य धमेन्द्र बास्तोला पनि शुक्रबार बिहान रिहा भएका छन् । परिवारका सदस्य, पार्टीका नेता तथा कार्यकर्ताले उनलाई स्वागत गरेका थिए । प्रहरीले सुरक्षासहित उनलाई काठमाडौं पठाएको छ । 

नेता  बास्तोलाले राजनैतिक ढंगले समाधान गर्न खोजेकाले आफूहरु वार्ताप्रति सकारात्मक भएको बताए । उनले कम्युनिस्ट पार्टीहरुबीच एकताको सम्भावना पनि भएको बताए । सर्वदलीय सरकारको कुरा उठेको छ नि भन्ने प्रश्नमा उनले सचिवालय बैठक बसेर यसबारे निर्णय गर्ने बताए । 

सरकारसँग भएको सहमतिपछि नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटिसकेको छ । विभिन्न कारागार र हिरासतमा रहेका नेकपाका कार्यकर्ता रिहा  गर्ने र मुद्दा खारेजी गर्ने पनि सहमतिमा उल्लेख छ ।

चन्द समूह

नगेन्द्र

Link copied successfully