कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस नेकपा दाहाल-नेपाल समूहसँग मिलेर सरकारमा जानुपर्छ : महामन्त्री कोइराला

रासस

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले ने नेकपा दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने बताएका छन् । बुधबार चितवनमा पत्रकारसँग कुरा गर्दै कोइरालाले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल–नेपाल समूहले दर्ता गर्ने जानकारी दिए ।

कांग्रेस नेकपा दाहाल-नेपाल समूहसँग मिलेर सरकारमा जानुपर्छ : महामन्त्री कोइराला

उनले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानुको अर्थ नहुने बताए । प्रतिनिधिसभा सदस्य डा. कोइरालाले भने, 'नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ । त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन ।' उनले सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने जनाउँदै त्यसका लागि अविश्वासको प्रस्ताव दर्ता हुने जानकारी दिए । फरक प्रसंगमा महामन्त्री डा. कोइरालाले आगामी भदौ ७ गते महाधिवेशन सुरु हुने जनाउँदै अब भने मिति नसर्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विवादलाई अड्काएर आफू नेतृत्वको सरकारलाई टिकाइराख्न चाहेपछि कांग्रेसले पूर्वनिर्णयबाट पछि हट्न सक्ने संकेत दिएको छ । प्रतिनिधिसभा विघटनको निर्णय बदर भएपछि गत बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकले नेकपा वैधानिक रूपमा विभाजित भइनसकेको अवस्थामा दुवै पक्षलाई निषेध नगरी अघि बढ्ने निर्णय लिएको थियो ।

कांग्रेसले दाहाल–नेपाल समूहसँग मिलेर अविश्वासको प्रस्ताव ल्याउने विषयमा अनौपचारिक संवाद भइरहेको दुवै पक्षका नेता बताउँछन्।

प्रकाशित : फाल्गुन १९, २०७७ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?