२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

सचिवालय सदस्यबाहेकका सांसद छलफल गरी साझा सुझाव तयार पारौँ : शर्मा

इकान्तिपुर डेस्क

काठमाडौँ — नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टीका सचिवालय सदस्यबाहेका सांसदहरूको छुट्टै छलफल आवश्यक भएको बताएका छन् । जनमतको सम्मान र जनप्रतितिनिधको कर्तव्यसमेत कसरी पूरा गर्ने भन्ने विषयमा छलफल आवश्यक रहेको नेता शर्माले बताएका हुन् ।

सचिवालय सदस्यबाहेकका सांसद छलफल गरी साझा सुझाव तयार पारौँ : शर्मा

दाहाल-नेपाल नेतृत्वको नेकपाका नेतासमेत रहेका शर्माले बुधबार बिहान सामाजिक सञ्जालमा छलफलका लागि अपिल गर्दै लेखेका छन्, 'जनमतको सम्मान र आपनो जनप्रतिनिधिको कर्तव्यसमेत कसरी पूरा गर्ने भन्ने बारे स्वतन्त्र ढंगले छलफल गर्न आवश्यक भएको सन्दर्भमा सचिवालय सदस्यहरु बाहेकका सांसदहरूले एउटा छलफल गरी आवश्यक निष्कर्षका लागि पहल गर्ने कुराको महसुस गरी पार्टी,आन्दोलन र जनताको पक्षमा के गर्दा हुन्छ भन्ने बारे स्वतन्त्ररुपले छलफल गर्न माननीयहरुमा हार्दिक अपिल गर्दछु ।'

नेता शर्माले यो छलफल साझा कुनै हस्ताक्षर संकलन गर्न नभई साझा सुझाव तयार गर्न भएको समेत स्पष्ट पारेका छन् । 'यो छलफल कुनै हस्ताक्षर र यो वा त्यो नेतृत्वको पक्षमा नभएर हाम्रो साझा सुझाव तयार गर्न अर्थमा भएको समेत जानकारी गराउँछु । कुनै त्रास र कुनै प्रलोभनमा नपरी छलफल गरिने छ,' उनले भने ।

नेकपामा उत्पन्न विवादलाई सैद्धान्तिक कुरा, नेतृत्वको प्रश्न एंवम पदीय झगडाका रुपमा आ-आफ्ना बुझाइ रहेको पनि शर्माले बताएका छन् । नेकपामा देखिएको समस्याको कारण जे भए पनि जननिर्वाचित प्रतिनिधिसभा भंग हुने अवस्थासम्म पुग्नु सबैका लागि दूर्भाग्यपूर्ण अवस्था भएको उनले बताएका छन् । 'जनताको आन्दोलन र अदालतको स्वतन्त्र र सुझबुझपूर्ण निर्णयबाट संसद्को पुन:स्थापना भएको सन्दर्भमा हामी प्रतिनिधिसभाका संसदहरुले आफैप्रति उठेका प्रश्नहरुको जवाफ दिन आवश्यक भएको छ,' शर्माले लेखेका छन् ।

प्रकाशित : फाल्गुन १९, २०७७ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?