कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसदीय दलको नेता विधिवत् रूपमा फेर्नुस्, डेढ वर्ष प्रतिपक्षमा बसौंला : ओली 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलको नेता विधिवत् रूपमा फेर्न पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई चुनौती दिएका छन् । साथै उनले आफू संसदीय दलमा पराजित भए प्रतिपक्षमा बस्ने पनि संकेत गरेका छन् । 

संसदीय दलको नेता विधिवत् रूपमा फेर्नुस्, डेढ वर्ष प्रतिपक्षमा बसौंला : ओली 

गण्डकी प्रदेशमा आफूपक्षको नेकपाको प्रदेशस्तरीय कार्यकर्ताको भेला र प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले संसदीय दलको बैठक बोलाइदिने र त्यसबाट आफूलाई हटाउन भनेका हुन् ।

आफूले बोलाएको बैठकमा आएर संसदीय दलको नेता परिवर्तन गर्न ओलीको भनाइ थियो । 'अध्यक्षले बोलाएको बैठकमा आउनुपर्‍यो, महासचिवले बोलाएको बैठकमा आउनुपर्‍यो, दलको नेताले बोलाएको बैठकमा आएनुपर्‍यो । उहाँहरू दलको नेता फेर्नुस् न ! विधिवत फेर्नुस्, बैठक बोलाइदिन्छु । आउनुस् न विधिवत,' उनले भने ।

विधिवत् रूपमा संसदीय दलको नेता फेर्दा आफूले मान्ने भनेका ओलीले संसदको बाँकी कार्यकाल प्रतिपक्षमा बस्ने पनि बताए ।

'विधि, पद्धति, संसदीय अभ्यास, संविधान, कानुन, नियमावली छ । उहाँहरू अपराधै गर्न सफल हुनुभयो भने पनि हामी मान्छौं । मानेर केही बिग्रिँदैन, डेढ वर्ष प्रतिपक्षमा बसौंला, डेढ वर्षपछि दुई तिहाई लिएर जाउँला,' ओलीले भने ।

दाहाल र नेपाल समूहले विधि र पद्धतिमा आएर बहुमत देखाउनुपर्ने ओलीको भनाइ थियो । 'बैठक बोलाएका ठाउँमा नआएर हामीसँग बहुमत छ भन्नुभएछ । त्यो बहुमत कहाँ पुष्टि भयो ? त्यो बहुमत होइन,' उनले भने ।

आफूले कुनै छलछाम नगर्ने तर विधि र पद्दतिमा आएर हटाउनुपर्ने ओलीको भनाइ थियो । आफ्नो तर्फबाट कुनै छलछाम नहुने पनि उनको भनाइ थियो ।

प्रकाशित : फाल्गुन १७, २०७७ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?