चन्द समूहलाई ओलीको आग्रह- ‘सुतली बम पड्काएर किन बस्नुहुन्छ ? देश विकासको बाटोमा लाग्नुस्’ 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेत्रविक्रम चन्द समूहलाई शान्तिपूर्ण मूलधारको राजनीतिमा आउन आग्रह गरेका छन् ।

चन्द समूहलाई ओलीको आग्रह- ‘सुतली बम पड्काएर किन बस्नुहुन्छ ? देश विकासको बाटोमा लाग्नुस्’ 

सोमबार पोखरामा आयोजित नेकपा ओली समूहको गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले चन्द समूहलाई शान्तिपूर्ण मूलधारको राजनीतिमा आए जनताले जयजयकार गर्ने बताए ।

‘कम्युनिस्ट हुँ भन्नेहरू सबैलाई सही बाटो समाउनुस् भन्न चाहन्छु । विप्लवलाई भन्न चाहन्छु उहाँहरू हिँडिरहेको बाटो काम लाग्दैन । शान्तिपूर्ण मूलधारको राजनीतिमा आउनुस् जनताले जयजयकार गर्नुहुन्छ । सुतली बम पड्काएर किन बस्नुहुन्छ ? देश विकासको बाटोमा लाग्नुस्। देशलाई समृद्ध बनाउने, मान्छेलाई भयरहित बनाउने, सभ्य भयरहित देश बनाउने अभियान राख्नुस् । किन तर्साएर बस्नुभएको छ ?,’ ओलीले भने ।

चन्द समूहले देश विकासको अभियान बनाए सरकारले साथ दिने ओलीको भनाइ छ । उनले भने, ‘यो सकारात्मक कदममका लागि सरकार साथ दिन तयार छ । म ठान्छु छिट्टै नै उहाँहरूसँग कुराकानी हुनेछ र उहाँहरूले सही बाटो समाउनुहुनेछ ।’

गत शनिबार एक विज्ञप्ती जारी गरेर चन्दले सरकारसँग वार्ताका लागि आफूहरु सकारात्मक रहेको बताएका थिए ।

प्रकाशित : फाल्गुन १७, २०७७ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?