कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देव गुरुङलाई प्रमुख सचेतक बनाएको थिएँ, हटाएँ : प्रधानमन्त्री ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले देवप्रसाद गुरुङलाई आफूले प्रमुख सचेतक नियुक्त गरेको र हटाएको बताएका छन् । नियुक्ती दिनेले नियुक्ती बदर गर्न सक्ने भन्दै ‌ओलीले गुरुङलाई प्रमुख सचेतकबाट हटाएर विशाल भट्टराईलाई प्रमुख सचेतक बनाएको बताए । 

देव गुरुङलाई प्रमुख सचेतक बनाएको थिएँ, हटाएँ : प्रधानमन्त्री ओली

सोमबार पोखरामा आयोजित आफूपक्षीय भेलालाई सम्बोधन गर्दै उनले भने, 'जुन हातले नाम लेख्‍यो त्यहीँ हातले नाम मेट्न पनि सक्छ । देव गुरुङलाई मैले प्रमुख सचेतक बनाएको थिएँ, मैले नै हटाएँ ।'

पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि प्रमुख सचेतक गुरुङ उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा लिएर गएका थिए । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै पुनःस्थापना गरेपछि ओलीले नेकपाको प्रमुख सचेतकबाट गुरुङलाई हटाएका हुन् । गत शुक्रबार ओलीले गुरुङलाई हटाएर आफूनिकट विशाल भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी सुम्पिएका थिए ।

ओ‌लीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहलाई विधि र प्रक्रियाबाट आफूलाई हटाउन चुनौती दिए । उनले भने, 'उहाँहरू अध्यक्ष र महासचिवले बोलाएको बैठकमा आउनुहुन्‍न । विधिवत् रूपमा मलाई हटाउन सक्नुहुन्छ भने बैठक बोलाइदिन्छु ।'

अघिल्लो कार्यकालमा पनि आफूलाई माधव नेपाल,पुष्पकमल दाहाल र झलनाथ खनाल भएर हटाएको उनले बताए । 'यिनै माधव नेपाल,झलनाथ खनालले प्रचण्डलाई हटाइहाल्नुपर्छ भनेर हटाए,' उनले भने ।

प्रकाशित : फाल्गुन १७, २०७७ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?