दाहाल-नेपाल समूहले पनि बोलायो स्थायी कमिटी बैठक

फाल्गुन १२, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपाको दाहाल–नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ । बुधबार दिउँसो २ बजे पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बैठक बोलाइएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए । 

यो समूहले बुधबार ४ बजे नै संसदीय दलको बैठक पनि बोलाएको छ । संसदीय दलको बैठकअघि स्थायी कमिटी बैठक बस्न लागेको हो । प्रतिनिधिसभा पुन:स्थापनापछि अगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाइएको पौडेलले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली समूहको स्थायी कमिटी बैठक अहिले बालुवाटारमा जारी छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई मंगलबार बदर गरेको थियो । 

प्रतिनिधिसभा पुनःस्थापना

कान्तिपुर

Link copied successfully