२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सचिवालय बैठक बोलाउन ओली र दाहालसँग गौतमको माग

 'प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिनुपर्छ'
इकान्तिपुर डेस्क

काठमाडौँ — नेकपा उपाध्यक्ष वामदेव गौतमले केपी शर्मा ओली र पुष्पकमल दाहाललाई सचिवालय बैठक बोलाउन माग गरेका छन् ।

सचिवालय बैठक बोलाउन ओली र दाहालसँग गौतमको माग

कानुनी रुपमा विभाजन नभए पनि व्यवहारिक रुपमा अलगअलग भएका नेकपाका दुई खेमाका अध्यक्ष ओली र दाहाललाई उपाध्यक्ष गौतमले धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाउन माग गरेका हुन् ।

सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुन:स्थापना गर्ने फैसला सुनाएपछि आधिकारिक रुपमा प्रतिक्रिया दिँदै गौतमले न्यायालयले लाखौँ देशभक्त नेपालीको त्याग र समर्पणबाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको बताएका छन् ।

साथै उनले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेस विज्ञप्तिमार्फत संवैधानिक इजलासको निर्णयलाई स्वागत गर्दै प्रतिनिधिसभा अधिवेशन आह्वान गर्नु पर्ने पनि बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने पनि बताएका छन् । उनले विज्ञप्तिमा भनेका छन्, 'प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिनुपर्छ ।'

प्रकाशित : फाल्गुन १२, २०७७ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?