कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

संवैधानिक सर्वोच्चताको रक्षा : मोहना अन्सारी

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले प्रतिनिधिसभा पुन:स्थापनाका पक्षमा फैसला गरेर सर्वोच्च अदालतले संवैधानिक सर्वोच्चतालाई तलमाथि हुन नदिएको बताएकी छिन् ।

संवैधानिक सर्वोच्चताको रक्षा : मोहना अन्सारी

सर्वोच्चले संविधानको रक्षा गरिदिएकाले मुलुक संकटतर्फ जानबाट जोगिएको उनले बताइन् ।

कान्तिपुरसँगको कुराकानीमा उनी भन्छिन् :

सर्वोच्च अदालतले संवैधानिक सर्वोच्चतालाई तलमाथि हुन दिएन । संविधानको रक्षा गरिदियो । मुलुक संकटतर्फ जानबाट रोकियो । निरंकुशतावादीलाई संविधानबाहिर जान दिएन । जोकोही अधिनायकवादीलाई गलत र असंवैधानिक कदम चाल्नबाट रोक्न चेतावनी पनि हो । संविधानका हरेक धारा परीक्षण हुने भनेको सर्वोच्च अदालतबाटै हो, त्यही भयो ।

यो फैसला संविधानको पक्षमा, सार्वभौम जनताको पक्षमा र समग्रमा संविधान र कानुनको पक्षमा आयो । संकटबाट मुलुकलाई पार लगाउन यो फैसला ऐतिहासिक सावित हुनेछ । शक्ति पृथकीकरणको सिद्धान्तबाट राज्यका निकाय कसैले पनि तलमाथि गरे भने सर्वोच्च अदालतबाट करेक्सन हुन्छ भन्ने स्पष्ट सन्देश पनि हो ।

प्रकाशित : फाल्गुन १२, २०७७ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?