रिहाइपछि झाँक्रीले भनिन्- राष्ट्रपतिको आलोचना गरेकोमा कुनै पश्‍चात्ताप छैन 

'राष्ट्रपति संस्था हाम्रो आन्दोलन, लडाँइले स्थापित गरेको हो । तर, त्यहाँ पुग्ने पात्रहरूले जे प्रवृति देखाउँछन्, संविधान र कानुनको धज्जी उडाउँछन् तिनका प्रतिको लडाइमा सडकमा बाँकी छ ।'

काठमाडौँ — नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रहरी हिरासतबाट रिहाइपछि राष्ट्रपति विद्यादेवी भण्डारीका गतिविधिप्रति आफूले दिएका अभिव्यक्तिमा कुनै पश्चात्ताप नभएको बताएकी छन् ।

रिहाइपछि झाँक्रीले भनिन्- राष्ट्रपतिको आलोचना गरेकोमा कुनै पश्‍चात्ताप छैन 

अहिलेको लोकतन्त्रिक व्यवस्थाका लागि आफूहरू लडेको र आगामी दिनमा पनि लड्ने भन्दै झाँक्रीले भनिन्, 'लोकतन्त्रको पक्षमा लडिरहेको मान्छे हो म । जसले संविधानको धज्जी उडाउँछ, विधिलाई मान्दैन त्यस्ता प्रवृत्तिको विरुद्ध आज पनि सडकमा छौं ।'

संवैधानिक राष्ट्रपति संस्थाप्रति आफ्नो सधैं सम्मान रहेको र त्यसमा जाने व्यक्तिहरूको आलोचना गर्दा कुनै पश्चात्ताप गर्न नहुने झाँक्रीले भनिन् । 'संविधानले व्यवस्था गरिएको संवैधानिक पदहरूका प्रति हाम्रो जहिले पनि हाम्रो सम्मान छ । त्यहाँ रहने व्यक्तिहरूका क्रियाकलापका प्रति आलोचना भएको हो । त्यसमा रिग्रेट गर्नुपर्ने कुरा केही पनि छैन,' उनले भनिन्, 'राष्ट्रपति सम्माननीय संस्था हाम्रो आन्दोलनद्वारा स्थापित गरिएको राष्ट्रको सर्वोच्च संस्था हो । संवैधानिक राष्ट्रपतिप्रति जहिले पनि सम्मान छ ।'

संवैधानिक पदहरूमा पुग्ने पात्रहरूका गतिविधिमाथि प्रश्न गर्नुपर्ने उनको भनाइ छ । 'राष्ट्रपति संस्था हाम्रो आन्दोलन, लडाइँले स्थापित गरेको हो । तर, त्यहाँ पुग्ने पात्रहरूले जे प्रवृत्ति देखाउँछन्, संविधान र कानुनको धज्जी उडाउँछन् तिनका प्रतिको लडाइँमा सडकमा बाँकी छ ।'

राष्ट्रपति भण्डारीको आलोचना गरेको भन्दै प्रहरीले बिहीबार बिहान झाँक्रीलाई पक्राउ गरेको थियो । तर चौतर्फी विरोध भएपछि प्रहरीले रिहा गरेको छ ।

प्रकाशित : माघ २९, २०७७ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?