कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अदालतमा विचाराधीन संसद् विघटनको मुद्दामा कांग्रेसले बोल्न मिल्दैन : देउवा

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन भएकाले यसबारेमा बोल्न नमिल्ने दोहोर्‍याएका छन् । 

अदालतमा विचाराधीन संसद् विघटनको मुद्दामा कांग्रेसले बोल्न मिल्दैन : देउवा

आदिवासी जनजाति केन्द्रीय विभाग, नेपाल आदिवासी जनजाति संघले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘नेपाली कांग्रेस र आदिवासी जनजातिको सवाल विषयक प्रशिक्षण कार्यक्रम’ लाई सम्बोधन गर्दै सभापति देउवाले अदालतमा विचाराधीन मुद्दामा कांग्रेसले बोल्न नमिल्ने बताएका हुन् ।

सभापति देउवाले चुनावबाट सरकार बनाउने राजनीतिक व्यवस्थामा पार्टीले सधैँ चुनावको लागि तयारी गरिरहनुपर्ने भन्दै आगामी दिनमा आउन सक्ने संसद् पुनःस्थापना अथवा चुनाव दुवैको तयारीमा रहन पनि नेता कार्यकर्तालाई निर्देशन दिए ।

त्यस्तै सभापति देउवाले आदिवासी जनजातिहरुलाई आफ्नो पक्षमा ल्याउनुपर्ने आवश्यकता रहेको बताएका छन् । आदिवासी, जनजाति तथा दलितहरुलाई आफ्नो पार्टीको पक्षमा ल्याउनुपर्ने आवश्यकता रहेको बताएका हुन् । उनले कांग्रेसले आदिवासी, जनजाति, महिला, दलित लगायतका सबैलाई आरक्षणको व्यवस्था गरेकोले कांग्रेस मात्रै समावेशी पार्टी भएको पनि बताए ।

कांग्रेस समावेशी पार्टी भए पनि उल्टो प्रचार भएकाले उल्टो प्रचारलाई चिर्दै आफ्नो पक्षमा सबैलाई ल्याउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । भोलि सरकार बनाउनुपर्ने अवस्थामा आदिवासी जनजातिको पनि साथ चाहिने उल्लेख गर्दै देउवाले जनतालाई आफ्नो पक्षमा ल्याउन काम गर्न नेताहरुलाई निर्देशनसमेत दिए ।

प्रकाशित : माघ २९, २०७७ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?