२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

शुक्रबार ४६ हजारभन्दा बढीले लगाए कोरोना खोप

काठमाडौँ — कोभिड १९ विरुद्धको खोप अभियानको तेस्रो दिन ४६ हजार भन्दा बढीले खोप प्राप्त गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १६९ खोप बुथबाट ७७ जिल्लामा कुल जम्मा ४६ हजार १९७ जना व्यक्तिहरुले खोप लगाएको जानकारी गराएको छ ।

शुक्रबार ४६ हजारभन्दा बढीले लगाए कोरोना खोप

प्रदेश नं १ मा ७ हजार ३६९, प्रदेश नं २ मा ४ हजार ६५०, वाग्मती प्रदेशमा १५ हजार ६४१, गण्डकी प्रदेशमा ७ हजार १५३, लुम्बीनी प्रदेशमा ४ हजार ६३५, कर्णाली प्रदेशमा २ हजार ९६६ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ७८३ जनाले खोप लगाएका हुन् ।

मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले खोप पश्चात् अवाञ्छित घटनाको अनुगमन तथा व्यवस्थापन गर्नका लागि देशभरि नै विज्ञ चिकित्सकहरु परिचालन गरिएका छन् । त्यसैगरी हरेक अस्पतालहरुमा सम्भाव्य घटनाहरुको व्यवस्थापनका लागि आवश्यक टिम तथा औषधिहरुको व्यवस्थापन गरिएको डा. गौतमले जनाएका छन् ।

हालको मितिसम्म खोप प्राप्त गरेको केही व्यक्तिहरुमा हालसम्म सामान्य असरहरु देखिएपनि कसैलाई पनि जटिल स्वास्थ्य समस्या नभएको मन्त्रालयले बताएको छ ।

माघ १४ गते सुरु गरिएको खोप अभियानमा तेस्रो दिनसम्म आउँदा खोप लगाउने व्यक्ति बढेको देखिन्छ । पहिलो दिन ९ हजार ८४ जनाले खोप प्राप्त गरेका छन् भने दोस्रो दिन २८ हजार ७३२ जनाले खोप लगाएका छन् ।

प्रकाशित : माघ १६, २०७७ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?