प्रधानमन्त्री ओली पाप पखाल्न पशुपति पुगे : रावल 

राजबहादुर शाही

मुगु — संविधानमाथि लात हानेर संसद् विघटन गरेका प्रधानमन्त्री केपीशर्मा ओली पाप पखाल्न पशुपति पुगेको नेकपा दाहाल-नेपाल समूहका नेता भीम रावलले आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओली पाप पखाल्न पशुपति पुगे : रावल 

नेपाली जनता र संविधानमाथि गरेको अपराधको पाप पखाल्न पशुपतिमा पुगेर ओलीले दिप बत्ती बाल्न थालेको नेता रावलले आरोप लगाएका हुन् । गमगढीमा मंगलबार दाहाल-नेपाल समूहले आयोजना गरेको विरोध सभामा बोल्दै रावालले प्रधानमन्त्रीले संविधान कुल्चेर संसद विघटन गरेको बताए ।

'संसद् विघटनको चौतर्फी विरोध हुन थालेपछि आफूले गरेको असंवैधानिक कदमको पाप पखाल्न प्रधानमन्त्री पशुपति पुगेका हुन्,' रावलले भने,' तर पशुपतिले प्रधानमन्त्रीलाई पापको क्षमा दिने छैनन् । '

ओलीलाई काम गर्न पार्टीबाट कुनै अवरोध नभएको, विदेशीसंग झुक्‍न थालेको, एमसीसी सम्झौता गर्ने, कानुन विरोधी काम गर्न थालेपछि पार्टीले उनका कार्यशैलीलाई रोक्न निर्देशन मात्र दिएको रावलको भनाई छ ।

'कोरोना भाइरस नियन्त्रणमा प्रधानमन्त्रीको कुनै चासो देखाएन अहिले जनतालाई कोरनाविरुद्ध खोप चाहिएको छ,' नेता रावलले भने,'त्यसका लागि ५० अर्ब रकम आवश्यक परेको र त्यतातिर प्रधानमन्त्रीको ध्यान नगएर ५० अर्ब खर्च गरेर निर्वाचन गर्न खोजेका छन् । '

प्रधामन्त्री ओलीले भ्रष्टचार नियन्त्रणमा चासो नदिएर उल्टै भ्रष्टचार गर्ने व्यक्तिलाई ढाकछोपमा राखेको उनले बताए ।

प्रकाशित : माघ १३, २०७७ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?