दमनकारी कार्य नदोहोर्‍याउन सरकारलाई नेपाल पत्रकार महासंघको चेतावनी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दमनकारी कार्य नदोहोर्‍याउन सरकारलाई नेपाल पत्रकार महासंघको चेतावनी

इकान्तिपुर डेस्क

काठमाडौँ — प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक तहबाट भएको शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भएकोमा नेपाल पत्रकार महासंघले भर्त्सना गरेको छ ।

सोमबार नागरिक आन्दोलनअन्तर्गत 'बालुवाटार मार्च पास' का क्रममा प्रहरीले लाठी र पानीका फोहरा प्रहार गर्दा वरिष्ठ पत्रकार नारायण वाग्ले, मानव अधिकारकर्मी कृष्ण पहाडीलगायत एक दर्जनभन्दा बढी घाइते भएका थिए ।

महासंघका महासचिव रमेश विष्टले मंगलबार प्रेस विज्ञप्ति जारी गरी शान्तिपूर्ण आन्दोलन गरिरहेकालाई प्रहरीले बर्बर आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

नागरिक आन्दोलनमाथि निर्मम दमन

महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'शान्तिपूर्ण र स्वतन्त्र रूपमा प्रदर्शनमा उत्रिएका मानव अधिकारवादी र नागरिक अभियन्तामाथि भएको प्रहरीको यो दमन अभिव्यक्ति स्वतन्त्रताविरोधी कार्य हो । प्रहरीको यो बर्बर दमनले नागरिकको हकअधिकारमाथिसमेत गम्भीर आघात पुगेको महासंघको ठहर छ । महासंघ सरकारको यो अभिव्यक्ति स्वतन्त्रताविरोधी कार्यको कडा शब्दमा भर्त्सना गर्दछ ।'

संविधानले सुनिश्चित गरेको नागरिकको हकअधिकारको रक्षा गर्न, विधिको शासन र कानुनीराजको सम्मान गर्न पनि महासंघले सरकारको गम्भीर ध्यानाकर्षण गराएको ।

त्यस्तै महास‌ंघले आगामी दिनमा यस्ता कार्य नदोहोर्‍याउन पनि सरकारलाई चेतवानी दिएको छ । 'आगामी दिनमा यस्ता दमनकारी कार्य नदोर्‍याउन सरकारलाई चेतावनीसमेत दिन चाहन्छ,' विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : माघ १३, २०७७ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्

अमेरिकी राजदूत बेरीले भेटे देउवालाई

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालपछि अमेरिकी राजदूत र्‍यान्डी बेरीले सोमबार बेलुकी कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका छन् ।

बूढानीलकण्ठस्थित देउवा निवासमा उनीहरूबीच अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेन प्रशासनको प्राथमिकताबारे छलफल भएको थियो । बेरीले बाइडेन प्रशासनका प्राथमिकताबारे देउवालाई जानकारी गराएका थिए ।

बाइडेनले कार्यभार सम्हालेयता अमेरिकाले लोकतन्त्रलाई सुदृढ पार्ने, जलवायु परिवर्तनका विरुद्ध लड्ने र विश्वभर महिलाअधिकारको उत्थान गर्ने विषयमा प्रतिबद्धता जनाइरहेका छन् । जसलाई राजदूत बेरीले ओली, दाहाल र देउवासँगको भेटवार्तामा पनि दोहोर्‍याएका थिए ।

देउवासँगको भेटपछि आफ्नो ट्विटमा बेरीले नयाँ राष्ट्रपतिका प्रशासनको विश्व प्राथमिकताबारे छलफल गर्न आफूले नेपाल सरकार र राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरिरहेको उल्लेख गरेका छन् ।

बेरीले ओलीसँग माघ ८ गते बालुवाटार पुगेर भेटवार्ता गरेका थिए । त्यस्तै दाहालसँग सोमबार बिहान खुमलटार पुगेर भेटवार्ता गरेका थिए ।

प्रकाशित : माघ १३, २०७७ १२:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×