कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्वाचन आयोगको निर्णयपछि दाहाल-नेपाल समूहको प्रतिक्रिया : पत्र पाएपछि थप निर्णय लिन्छौँ

काठमाडौँ — निर्वाचन आयोगले नेकपाका दुवै समूहले गरेको संगठनात्मक हेरफेरलाई मान्यता नदिएपछि दाहाल नेपाल समूहले आयोगको पत्र पाएपछि थप निर्णय लिने बताएको छ । संघर्ष समितिले सोमबार गरेको पत्रकार सम्मेलनमा संयोजक नारायणकाजी श्रेष्ठले आयोगको निर्णयको आधिकारित पत्र पाएपछि थप निर्णय लिइने बताए । 

निर्वाचन आयोगको निर्णयपछि दाहाल-नेपाल समूहको प्रतिक्रिया : पत्र पाएपछि थप निर्णय लिन्छौँ

आइतबार आयोगले दुवै समूहले पेस गरेका विवरणलाई अस्वीकार गर्दै नेकपा विभाजनलाई औपचारिकता दिन नसकिने बताएपछि दाहाल–नेपाल समूहको यस्तो प्रतिक्रिया आएको हो ।

‘निर्वाचन आयोगले हिजो गरिएको भनेको निर्णयको आधिकारिकताका बारेमा पत्रको प्रतीक्षा गरेका छौं । त्यसपछि मात्रै पार्टीले औपचारिक धारणा तय गर्नेछ,’ प्रवक्ता श्रेष्ठले भने, ‘तर हामी के सोच्छौं भने दलको ऐन स्पष्ट व्यवस्था गरेको सन्दर्भमा प्रारम्भमै निर्वाचन आयोगले सही ढंगले निर्णय प्रक्रियामा जानु उपयुक्त हुन्थ्यो । त्यस्तो किन गरिएका भन्ने प्रश्न हाम्रो छ ।’

उनले संवैधानिक अंगको रुपमा आयोगले स्वतन्त्र र निष्पक्ष ढंगले कानुनसम्मत निर्णय गर्नुपर्ने बताए । उनले भने, ‘अन्तत: हाम्रो पार्टी नै आधिकारिक पार्टी भएको कुरामा कुनै विवाद छैन । आयोगले पनि त्यो फैसला गर्नेछ भन्ने कुरामा कुनै दुविधा छैन । तर अनावश्यक ढिलो गर्ने र आशंका पैदा गर्ने काम कुनै कोणबाट नहोस् ।’

आइतबार आयोगले दुवै समूहले दल दर्तासम्बन्धी ऐनको दफा ५१ अनुसार निवेदन दिएकाले त्यसलाई दल विभाजन मान्न नसकिने सुनाएको छ । आयोगको यस्तो निर्णयपछि दलसम्बन्धी ऐनको दफा ४३ र ४४ बाट विवाद टुंगाउनुपर्ने अवस्था आएको छ ।

यी दफामा मा दलको नाम, छाप, विधान, झन्डा, चिह्न, पदाधिकारी र केन्द्रीय समितिको निर्णयसम्बन्धी उठेका विवाद निरुपणसम्बन्धी व्यवस्था छ । यस अनुसार आधिकारिकता दाबी गर्ने दलको केन्द्रीय समितिको ४० प्रतिशत सदस्यले विवाद प्रारम्भ भएको ३० दिनभित्र आयोगसमक्ष आधार तथा प्रमाणसहित दाबी पेस गर्नुपर्नेछ ।

प्रकाशित : माघ १२, २०७७ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?