नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोनाबाट मृत्यु भएसँगै नेपालमा कोराेनाबाट मृत्यु हुनेको संख्या २ हजार १ जना पुगेको छ । आइतबार थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म नेपालमा २ लाख ६९ हजार ४ सय ५० संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ४०३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६४ हजार १ सय ३७ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार ३ सय १२ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ४३ हजार २ सय ५५ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय ४५ रहेको छ ।

प्रकाशित : माघ ११, २०७७ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्

विवाह बन्धनमा बाँधिए मुख्यमन्त्री राई

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिएका छन् । भोजपुरका ४९ वर्षीय राई आइतबार संखुवासभाकी २३ वर्षीया जाङ्मु शेर्पासँग विवाह बन्धनमा बाँधिएका हुन् । 

काठमाडौंको एक पार्टी प्यालेसमा राईको परम्परागत विवाह भएको हो । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकोले मुख्य मन्त्री राईले थोरै संख्यामा जन्ती लगेका थिए ।

बेहुला र बेहुली परम्परागत भेषभुषामा सजिएका थिए । मुख्यमन्त्री राईको विवाहमा पर्यटनमन्त्री भानुभक्त ढकाललगायतको उपस्थिति थियो ।

प्रकाशित : माघ ११, २०७७ १६:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×