२४ घण्टामा २३२ जनामा कोरोना पुष्टि, ८ को मृत्यु- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टामा २३२ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा देशभर २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा ९१ जना महिला र १४१ जना पुरुष रहेका छन् ।

२४ घण्टामा ३ हजार ५४१ पीसीआर परीक्षण भएको छ भने हालसम्म २० लाख ३८ हजार ८४२ पीसीआर परीक्षण भएका छन् । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६९ हजार १८० पुगेको छ । सक्रिय संक्रमितको संख्या ३ हजार ४५२ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेका छन् ।

त्यसैगरी २४ घण्टामा ३८६ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६३ हजार ७३४ पुगेको छ ।

२४ घण्टामा कोरोनाबाट ८ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९९४ छ । साथै काठमाडौं उपत्यकामा १०९ जना कोरोना संक्रमित थपिएका छन् ।

२४ घण्टामा संक्रमित हुनेमा ४९ महिला र ६० जना पुरुष रहेका छन् । काठमाडौंमा ८०, ललितपुरमा २० र भक्तपुरमा ९ जना कोरोना संक्रमित देखिएका छन् ।

प्रकाशित : माघ १०, २०७७ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्

संविधानमाथिको प्रश्‍नमा वकिलहरु व्यावसायिकता भनेर विचारबाट भाग्‍न पाउँदैनन् : भट्टराई

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपाको दाहाल-नेपाल पक्षका स्थायी कमिटी सदस्य योगेश भट्टराईले संविधानमाथिको प्रश्‍नमा वकिलहरु व्यावसायिकता भनेर विचारबाट भाग्‍न नपाउने बताएका छन् । 

मार्क्सवादी ज्ञान केन्द्रले शनिबार आयोजना गरेको संसद् विघटन र समाजवादी क्रान्तिको मार्गचित्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य भट्टराईले वकिलहरु कुनै फौजदारी विषयको मुद्दामा लड्न स्वतन्त्र भए पनि संविधानको विषयमा व्यावसायिक धर्म भनि जान नमिल्ने बताएका हुन् । संविधानमाथिको प्रश्नमा वकिलहरु व्यावसायिकता भनेर विचारबाट भाग्न नपाउने उनको भनाइ छ ।

प्रधानमन्त्री केपी ओली द्रुत गतिमा दक्षिणपन्थी बाटोतर्फ जाँदै गरेको उनको आरोप थियो । संविधानमा भएका कतिपय विषय प्रधानमन्त्री ओलीलाई मन नपरेको भन्दै उनले तिनै मुद्दालाई संशोधन गर्न ओलीले दुईतिहाई मत मागेको बताए ।

नेपालको संविधानको निर्माता आफ्नो पार्टी, वर्ग, विचार र सिद्धान्त भएकोले संविधानप्रति आफूहरुको लगाव र स्नेह रहेको उनको भनाइ छ ।

प्रकाशित : माघ १०, २०७७ १६:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×