२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

२४ घण्टामा ३०२ संक्रमित थपिए, ४८० कोरोनामुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा शुक्रबार थप ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६८ हजार ९ सय ४८ संक्रमितको संख्या पुगेको छ ।

२४ घण्टामा ३०२ संक्रमित थपिए, ४८० कोरोनामुक्त

त्यसैगरी २४ घण्टामा ४८० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६३ हजार ३ सय ४८ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार ६ सय १४ छ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ३५ हजार ३ सय १ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय ५८ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ७ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९८६ जना रहेको छ ।

प्रकाशित : माघ ९, २०७७ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?