२४ घण्टामा ३३६ संक्रमित थपिए, २२६ कोरोनामुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा बिहीबार थप ३३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६८ हजार ६ सय ४६ संक्रमितको संख्या पुगेको छ ।

२४ घण्टामा ३३६ संक्रमित थपिए, २२६ कोरोनामुक्त

त्यसैगरी २४ घण्टामा २२६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६२ हजार ८ सय ६८ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार ७ सय ९९ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ३१ हजार ७ सय ५६ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय ७२ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ४ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९७९ जना रहेको छ ।

प्रकाशित : माघ ८, २०७७ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?