२४ घण्टामा ४३० जनामा कोरोना संक्रमण पुष्टि, ३९० जना कोरोनामुक्त- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टामा ४३० जनामा कोरोना संक्रमण पुष्टि, ३९० जना कोरोनामुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६५ हजार ६९८ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ३९० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५९ हजार ३५८ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ४०८ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ९२ हजार ८५५ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३७ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ५ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९३२ जना रहेको छ ।

प्रकाशित : पुस २८, २०७७ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्

छुरा प्रहारबाट साथीको हत्या

इकान्तिपुर डेस्क

काठमाडौँ — छुरा प्रहार गरेर आफ्नै साथीलाई हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । बुढानीलकण्ठ-१ मा गत पुस २३ गते स्थानीय राजसिंह ठकुरीले आफ्नै साथी सुशील तामाङलाई छुरा प्रहार गरी हत्या गरेको महानगरीय प्रहरी वृत्त महराजगन्जका डीएसपी रोशन खड्काले बताए । 

उनका अनुसार पुस २३ गते सामान्य विवाद हुँदा बुढानीलकण्ठ-१ मा ठकुरीले तामाङलाई छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट घाइते भएका २१ वर्षीय तामाङलाई थप उपचारका उनैले नजिकैको अस्पताल लगेका थिए । त्यहाँ उपचार नसकेपछि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको थियो ।

उपचारकै क्रममा तामाङको पुस २६ गते मृत्यु भएको डीएसपी खड्काले बताए । प्रहरीका अनुसार छुरा प्रहारबाट तामाङको तीघ्रा र अण्डकोषमा चोट लागेको थियो । छुरा प्रहारपछि फरार रहेका ठकुरीलाई प्रहरीले चितवनबाट पुस २७ गते नियन्त्रणमा लिएको छ ।

पीडित परिवारले ठकुरीसिहत अन्य २ जनाविरुद्ध किटानी जाहेरी दिएको डीएसपी खड्काले बताए । ठकुरी अहिले हिरासतमा छन् भने घटनामा संलग्‍न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस २८, २०७७ १६:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×