२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अनावश्यक रुपमा कोभिड परीक्षण नगरौं : स्वास्थ्य मन्त्रालय

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनावश्यक रुपमा कोभिड १९ को परीक्षण नगर्न अनुरोध गरेको छ ।

अनावश्यक रुपमा कोभिड परीक्षण नगरौं : स्वास्थ्य मन्त्रालय

सोमबार एक सूचना जारी गर्दै मन्त्रालयले कोरोना पुष्टि भएका तर लक्षण वा चिन्ह नदेखिएका व्यक्तिहरुमा १० दिनपछि बिना परीक्षण जनस्वास्थ्यका मापदण्ड अपनाइ दैनिक जीवनमा फर्किन सकिने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कतिपय व्यक्तिहरुमा कोरोना पुष्टि भएर स्वास्थ्य अवस्था बिग्रिँदा पनि स्वास्थ्यकर्मीको सम्पर्कमा नआउने तथा अस्पताल पुग्न ढिलाइ गर्दा जोखिम बढेको बताए ।

मन्त्रालयको सूचनामा कतिपय व्यक्ति आइसोलेसन सेन्टर वा अस्पतालमा लामो समय भर्ना हुने र नेगेटिभ नआउञ्जेल पटक-पटक परीक्षण गरिरहने र डिस्चार्ज हुन नमान्दा स्रोतसाधनको दुरुपयोग हुँदा सम्बन्धित व्यक्तिहरुमा मानसिक तनावसमेत बढ्न सक्ने उल्लेख छ ।

प्रवक्ता डा. गौतमले सबैले कोभिड परीक्षण निर्देशिका अनुसार मात्रै परीक्षण गर्न र संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मीको सम्पर्कमा रहन सूचना मार्फत् आग्रह गरेका छन् ।

प्रकाशित : पुस २०, २०७७ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?