कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

विद्यालय खोल्दै बेलायत

एजेन्सी

लन्डन — कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गइरहेको भए पनि बेलायतले विद्यालय सञ्चालनमा ल्याउने भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले विद्यालय सञ्चालनका लागि समस्या नभएको भन्दै क्रिसमसपछि आफ्ना नानीबाबुहरूलाई विद्यालय पठाउन प्रधानमन्त्री जोनसनले आग्रह गरेका छन् ।

विद्यालय खोल्दै बेलायत

विद्यालय खोल्ने विषयमा विगतमा जोन्सन र सत्तारूढ दलकै कतिपय नेताहरूमा विवाद उत्पन्न भएको थियो । तर पछिल्लो समय विद्यालय सञ्चालन गर्न सकिनेमा धेरैजसो सहमतिनजिक रहेका छन् । ‘हामीले आउँदो केही हप्ताहरूमा देशको धेरै भागहरूमा कडा प्रतिबन्धात्मक नियमहरू लगाउन आवश्यक पर्न सक्छ,’ जोन्सनले एक टेलिभिजन कार्यक्रममा भने , ‘म सम्पूर्ण रूपमा प्रतिबन्ध लगाउनुपर्नेमा सहमत बनेको छु ।’

विद्यालयहरू लामो समयदेखि बन्द रहँदा सुन्दर भविष्यको कल्पना गरी विद्यालय जाने लाखौं विद्यार्थीको पढाइमा समस्या भएको बताउँदै जोन्सनले अभिभावकलाई भने, ‘तपाईंहरूले विद्यालयमा आफ्ना नानीबाबुहरूलाई पठाएर सहयोग गर्नुपर्छ ।’

बेलायतले शनिबार २४ घण्टाको अवधिमा ५७ हजार ७ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ । महामारी सुरु भएदेखि नै २४ घण्टामा संक्रमित भएको यो सबैभन्दा ठूलो संख्या हो । अत्यधिक बिरामीको चाप रहने समयमा संक्रमितको संख्या बढ्दै गएमा यसले अस्पताल तथा स्वास्थ्य सेवा प्रभावित गर्न सक्ने भन्दै स्वास्थ्य अधिकारीहरूले भने चिन्ता व्यक्त गरेका छन् ।

‘मैले नागरिकको निराशालाई बुझ्छु । उनीहरूको चिन्तालाई बुझ्छु तर पनि मेरो विचारमा अहिले विद्यालय सञ्चालन गर्नका लागि सुरक्षित छन् र शिक्षा उच्च प्राथमिकताको विषय पनि हो,’ जोन्सनले भने, ‘विद्यालयहरू खुला राख्ने वातावरण प्रत्याभूत गर्न हामीले देशभर यस महामारीमा कडा संघर्ष गर्‍यौं ।’ नेसनल एसोसिएसन अफ हेड टिचर्सका नेता पाउल ह्वाइटम्यानले सरकारलाई क्रिसमसको बिदापछि पनि विद्यालयहरू पुनः सञ्चालनमा ल्याइहाल्नु उचित नहुने बताएका छन् ।

प्रकाशित : पुस २०, २०७७ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?