१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

थपिए १ हजार ४४ जना कोरोना संक्रमित, १ हजार २ सय ७१ जना कोरोनामुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्रबार नयाँ थपिएकामा ४ सय ११ महिला र ६ सय ३३ पुरुष छन् ।

थपिए १ हजार ४४ जना कोरोना संक्रमित, १ हजार २ सय ७१ जना कोरोनामुक्त

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ । २४ घण्टामा ७ हजार ४ सय १४ पीसीआर परीक्षण भएका छन् । हालसम्म १८ लाख २० हजार ८ सय १८ पीसीआर परीक्षण भएका मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ५ सय १९ जना छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर १ हजार २ सय ७१ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ३२ हजार ८ सय ७२ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ४८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ७४ पुगेको छ ।

प्रकाशित : मंसिर २६, २०७७ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?