काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए ६ सय ६ कोरोना संक्रमित- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए ६ सय ६ कोरोना संक्रमित

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ सय ४७ महिला र ३ सय ५९ जना पुरुष रहेका छन् ।

काठमाडौंमा ४ सय ४0, भक्तपुरमा ४१ र ललितपुरमा १ सय २५ जना नयाँ संक्रमित थपिएका हुन् । शुक्रबार देशभर १२ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार उपत्यकामा ५ सय ६१ जना संक्रमित थपिएका थिए ।

प्रकाशित : मंसिर १९, २०७७ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्

पछिल्लो २४ घण्टामा थपिए १२ सय ७२ कोरोना संक्रमित, १६ को मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा जम्मा ८ हजार ३१ पीसीआर परीक्षण भएका छन् ।

मन्त्रालयका अनुसार शुक्रबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १५ सय ७५ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ४ सय ४७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय ६७ पुगेको छ ।

प्रकाशित : मंसिर १९, २०७७ १६:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×