कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

फिल्म हल नखोल्न सरकारको अनुरोध

काठमाडौँ — फिल्म हल अझै नखोल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गरेको छ ।

फिल्म हल नखोल्न सरकारको अनुरोध

स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले १५ दिन अझै कडाइका साथ हल तथा रात्रिकालिन व्यवसाय बन्द गर्नुपर्ने सरकारको निर्णय सुनाए ।

'नेपाल सरकारले नखोल्ने भनिएका सेवा र कार्यहरु अझै १५ दिन कडाइका साथ नखोल्ने, उक्त निर्णय पूर्णरुपमा कार्यन्वयन गर्ने र आगामी १५ दिनको संक्रमणको अवस्था हेरेर मात्रै हालसम्म जारी जनस्वास्थ्यका मापदण्डका विषयमा पुनरावलोकन गर्ने,' उनले भने ।

संक्रमणको अवस्थालाई मध्यनजर गर्दै सिनेमा हलहरु, रात्रीकालिन व्यवसायहरु, धेरै मानिसहरु जम्मा हुने र जनस्वास्थ्यका मापदण्डहरु उल्लंघन हुने खालका संस्था तथा व्यवसाय अझै नखोल्न अनुरोध गरेका हुन् ।

प्रकाशित : मंसिर १७, २०७७ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?