१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

२४ घण्टामा १ हजार ४९० जनामा कोरोना पुष्टि

काठमाडौँ — पछिल्लो २४ घण्टामा थप १ हजार ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण पुष्टि हुनेमा ५६५ महिला र ९२५ पुरुष रहेका छन् । यो सँगै नेपालमा हालसम्म २ लाख ३६ हजार २४६ जनामा कोरोना संक्रमण देखिएको छ ।

२४ घण्टामा १ हजार ४९० जनामा कोरोना पुष्टि

हालसम्म पीसीआर परीक्षणको संख्या १७ लाख ५४ हजार ६३० छ भने २४ घण्टामा ८ हजार ३०० पीसीआर परीक्षण भएका छन् ।

देशभरी सक्रिय संक्रमितको संख्या १६ हजार ५४७ छ । क्वारेन्टाइनमा रहनेको संख्या ६०५ रहेको छ ।

२४ घण्टामा १ हजार ५६७ कोरोनामुक्त, ९ मृत्यु

२४ घण्टामा १ हजार ५६७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट मुक्त भइ २ लाख १८ हजार १६१ जना घर फर्किसकेका छन् । त्यसैगरी २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५३८ पुगेको छ ।

प्रकाशित : मंसिर १७, २०७७ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?