कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

उपत्यकामा २४ घण्टामा थपिए ७२३ कोरोना संक्रमित

काठमाडौँ — २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा ३२५ महिला र ३९८ जना पुरुष रहेका छन् ।

उपत्यकामा २४ घण्टामा थपिए ७२३ कोरोना संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५३१, भक्तपुरमा ५८ र ललितपुरमा १३४ जना नयाँ संक्रमित थपिएका हुन् । बुधबार देशभर १ हजार ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार संक्रमण पुष्टि हुनेमा ५६५ महिला र ९२५ पुरुष रहेका छन् । यो सँगै नेपालमा हालसम्म २ लाख ३६ हजार २४६ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म पीसीआर परीक्षणको संख्या १७ लाख ५४ हजार ६३० छ भने २४ घण्टामा ८ हजार ३०० पीसीआर परीक्षण भएका छन् ।

देशभरी सक्रिय संक्रमितको संख्या १६ हजार ५४७ छ । क्वारेन्टाइनमा रहनेको संख्या ६०५ रहेको छ ।

२४ घण्टामा १ हजार ५६७ कोरोनामुक्त, ९ को मृत्यु

२४ घण्टामा १ हजार ५६७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट मुक्त भइ २ लाख १८ हजार १६१ जना घर फर्किसकेका छन् । त्यसैगरी २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५३८ पुगेको छ ।

प्रकाशित : मंसिर १७, २०७७ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?