१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

२४ घण्टामा थप १ हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ — पछिल्लो २४ घण्टामा आइतबार थप १ हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले यो सँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको बताए । 

२४ घण्टामा थप १ हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ६० हजार ७५ परीक्षणहरु गरिएका छन् ।

२४ घण्टामा जम्मा ८ हजार ३२ पीसीआर परीक्षण भएका छन् । देशभरी सकृय संक्रमितको संख्या हालसम्म १९ हजार ९६३ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६८६ जना रहेका छन् ।

प्रकाशित : मंसिर ७, २०७७ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?