२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए ८९९ कोरोना संक्रमित

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए ८९९ कोरोना संक्रमित

शनिबार संक्रमित पुष्टि हुनेमा ३८७ महिला र ५१२ पुरुष रहेका छन् ।

काठमाडौंमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६५ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर शनिबार संक्रमित पुष्टि हुनेमा १ हजार ६७४ जना रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट २ हजार ३ सय २३ जना निको भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

प्रकाशित : मंसिर ६, २०७७ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?