कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

खुलामञ्‍चको सट्टा थापाथलीमा निःशुल्क खाना वितरण गरिने 

काठमाडौँ — कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी गरिएको लकडाउनका कारण रोजगारी गुमाएर भोकै बस्नुपरेका मजदुर लगायत असहाय व्यक्तिहरूलाई खुलामञ्चमा निःशुल्क खाना वितरण गरिँदै आएकोमा अबदेखि थापाथलीमा खाना वितरण गरिने भएको छ । खुलामञ्चमा निःशुल्क खाना वितरण गरेकोप्रति काठमाडौं महानगरपालिकाले आपत्ति जनाएको थियो । 

खुलामञ्‍चको सट्टा थापाथलीमा निःशुल्क खाना वितरण गरिने 

बुधबारदेखि काठमाडौं महानगरपालिका र खुलामञ्चमा निःशुल्क खाना वितरण गर्दै आएका संस्थाहरूबीचको सहमति अनुसार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकै खाना वितरण गर्ने कार्य सुरु भएको हो ।

‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त तथा शारिरीक रूपमा काम गर्न नसक्ने महानगरवासीको व्यवस्थापनमा काठमाडौं महानगरपालिका निरन्तर लागिरहेको छ,’ काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख धनपति सापकोटाले भने, ‘ स्वास्थ्य जोखिम, संक्रमणको सम्भावना र सामाजिक प्रतिष्ठा तथा मानव अधिकारको संरक्षण गर्ने हेतुले सार्वजनिक स्थल, खुला क्षेत्रमा भोजन सेवा बन्द गरी वैकल्पिक स्थानमा भोजना गराउने नीति महानगरपालिकाले लिएको छ । हामी त्यसैअनुरुप यो पहल गरिरहेका छौँ ।’

निःशुल्क खाना वितरण गर्दै आएका संस्थाहरूसँग परामर्श गरेर अस्थायी रूपमा थापाथलीमा खाना वितरणको स्थान तोकिएको र आगामी दिनमा पार्टी प्यालेस वा अन्य थप व्यवस्थित ठाउँमा खाना वितरणको पहल भइरहेको उनले बताए ।

काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना वितरण गरेकोप्रति आपत्ति जनाउँदै आएको थियो । तिहारपछि खुलामञ्चको सट्टा अर्को ठाउँमा खाना वितरण गर्ने सहमति महानगर र संस्थाहरूबीच भएको थियो ।

प्रकाशित : मंसिर ३, २०७७ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?