बुटवल कोरोना अस्पतालमा थप एक जनाको मृत्यु

मंसिर ३, २०७७

सन्जु पौडेल

तिलोत्तमा — बुटवलस्थित कोरोना अस्पतालमा थप एक जनाको कोरोनाबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका ७ का ४० वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

गत कात्तिक २५ गते पीसीआर पोजिटिभ देखिएका उनलाई २६ गते अस्पताल भर्ना गरिएको थियो ।

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully