नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेकाे छ । पछिल्लो २४ घन्टामा नेपालमा थप २५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

मन्त्रालयका अनुसार बुधबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २३ सय २९ पुगेको छ । पछिल्लाे २४ घण्टामा १0 हजार ८१ पीसीआर परीक्षण भएका छन् भने हालसम्म पीसीआर विधिबाट १५ लाख ७४ हजार २ सय ९५ परीक्षण भएकाे मन्त्रालयले जनाएकाे छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १६ सय ६६ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६२ हजार २ सय ४३ जना पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय १२ रहेकाे मन्त्रालयले जनाएकाे छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ७४ पुगेको छ ।

प्रकाशित : कार्तिक २६, २०७७ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?