२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

पछिल्लो २४ घण्टामा थपिए २ हजार ८ सय १७ कोरोना संक्रमित, २८ सय १२ डिस्चार्ज

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थपिए २ हजार ८ सय १७ कोरोना संक्रमित, २८ सय १२ डिस्चार्ज

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार आइतबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ८ सय १२ जना डिस्चार्ज भएका छन् । यस्तै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५७ हजार ९ सय २६ जना पुगेको छ । याेसँगै देशभर सक्रिय काेराेना संक्रमितकाे संख्या ३५ हजार ४ सय १९ रहेकाे छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ११ पीसीआर परीक्षण भएको छ भने हालसम्म पीसीआर विधिबाट १५ लाख ४० हजार ७७ परीक्षण भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आइसोलेसनमा रहनेको संख्या ३५ हजार ४ सय १९ रहेको छ भने ११ सय ४९ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रकाशित : कार्तिक २३, २०७७ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?