गोरखा नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

कार्तिक २३, २०७७

हरिराम उप्रेती

गोरखा — गोरखा नगरपालिकाले पाँच दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सोमबारबाट काक्तिक २८ गतेसम्म सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बताए ।

नगरपालिकाका तीन जना कर्मचारीमा कोराना पोजिटिभ देखिएपछि अन्य कर्मचारीको पनि कोरोना परिक्षणको तयारी भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिका र वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो । नगरभित्रका शिक्षकहरुलाई समेत कोरोना देखिएकाले निजि तथा सामुदायिक विद्यालयको पठनपाठन मंसिर ६ गतेसम्म बन्द गरिएको पन्तले बताए ।  

कोरोना भाइरस

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully