काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए १ हजार ३९८ कोरोना संक्रमित 

कार्तिक २०, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ३९८ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित पुष्टि हुनेमा ६०१ महिला र ७९७ पुरुष रहेका छन् ।

काठमाडौंमा १ हजार ९१, भक्तपुरमा १४७ र ललितपुरमा १६० जना नयाँ संक्रमित थपिएका हुन् । 

बिहीबार मुलुकभर भने थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully