२४ घण्टामा थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार ४३० जना कोरोनामुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा बिहीबार थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा १ लाख ८५ हजार ९७४ संक्रमितको संख्या पुगेको छ । 

२४ घण्टामा थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार ४३० जना कोरोनामुक्त

त्यसैगरी २४ घण्टामा ३ हजार ४३० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ४८ हजार ४०८ संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १५ लाख ७ हजार १९० परीक्षणहरु भएका छन् । २४ घण्टामा जम्मा १३ हजार ६८ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २३२ जना रहेका छन् ।

प्रकाशित : कार्तिक २०, २०७७ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?