कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या हजार नाघ्‍यो 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या एक हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । 

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या हजार नाघ्‍यो 

पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ४ पुगेको हो ।

मंगलबार थप ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, ३ हजार १ सय ४२ संक्रमित निको भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ८० हजार ९७८ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ११ हजार १६६ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २७७ जना रहेका छन् ।

प्रकाशित : कार्तिक १८, २०७७ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?