उपत्यकामा २४ घण्टामा थपिए १ हजार ६२२ कोरोना संक्रमित 

कार्तिक १६, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ६२२ कोरोना संक्रमित देखिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जना नयाँ संक्रमित थपिएका हुन् ।

मुलुकभर भने २४ घण्टामा थप २ हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले २४ घण्टामा ३ हजार ६२० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएको जानकारी दिएको छ। योसँगै निको हुनेको संख्या १ लाख ३४ हजार ८४२ संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३७ हजार ७६५ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ५६ हजार ३६६परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १३ हजार २३ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ३८६ जना रहेका छन् ।

कोरोना संक्रमणबाट २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully